Publish On: January 27, 2025
ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिको संयोजनमा वस्तुगत संघहरुसंगको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे छ । उक्त कार्यक्रम आन्तरिक राजश्व कार्यालय ललितपुर २ काे आयाेजनामा भएकाे हाे ।
कार्यक्रमका सभाअध्यक्ष प्रमुख कर अधिकृत सीता आचार्यले आन्तरिक राजश्व कार्यालय ललितपुरमा ५०% मात्र व्यवसाय दर्ता भएकाे बताइन् । कृषि क्षेत्रमा अनुदानका लागि यस व्यवसायले बढि दर्ता गरेकाे जानकारी दिइन् । अनुगमन गर्न जादा दर्ता नभएका व्यापार, व्यवसायहरूलाई दर्ता गर्न आह्वान समेत गरेकाे बताइन् ।



कार्यक्रमका प्रमुख अतिथि ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यले आफैले व्यापारी, व्यवसायीकाे समस्या समाधान गर्न अति आवश्यक रहेकाे बताए ।
उनले भने- ” नीति नियममा बसेर व्यापार, व्यवसाय गरेमा कुनै समस्या र डर नहुने ।”
अनुगमन गर्दा संघका प्रतिनिधिहरूको सहभागी गराउँदा संघले गर्नुपर्ने भुमिका गर्नमा सहयाेग हुने भएकाेले सहभागीताकाे लागि उनले अनुराेध गरेका छन् ।



बजार अनुगमनलाई तिव्रता दिने नीति अवलम्बन गर्ने जानकारी प्राप्त भएकोले ललितपुर उद्योग वाणिज्य संघले जिल्लाका उद्यमी व्यापारीहरूलाई कर तथा राजश्वका विद्यमान नीति नियमका साथै आर्थिक ऐन २०८१ मा भएका छुट सुविधाहरूका बारेमा समेत जानकारी गराउने उद्देश्यले साे कार्यक्रम रखेकाे हाे ।
यस्तै, राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेम लाल महर्जनले कर राज्यकाे प्रमुख आम्दानी भएकाेले कर तिर्नमा जाेड दिएका छन् । उनले नेपालमा कर रहरले हाेइन्, बाध्यताले तिरेकाे जानकारी दिन्दै, अब कर रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताए । उनले भने- ” कर रहरले तिर्ने वातावरण भयाे भने रमाइलो र धेरै फाइदा हुन्छ ।”







